गोरखा, २९ जेठ : अध्याधिक गर्मीका कारण गोरखाको पालुङटार नगरपालिका भित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा आजदेखि दुईदिनका लागि पठनपाठन बन्द गरिएको छ ।

पछिल्लो केहीदिन यता अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित रहेको र बालबालिकाको विद्यालय आगमन तथा पठनपाठनमा समस्या भएकाले नगरपालिकाले अभिभावक, विद्यालय शिक्षक तथा सञ्चालक समितिबाट सुझावका लिएर २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
विद्यालय सञ्चालनका लागि कठिन भएको भन्ने जनगुनासो आएपछि मिति २०८२ जेठ २८ गतेको नगरप्रमुख स्तरीय वैठकबाट उक्त निर्णय गरिएको नगरपालिकाले शिक्षा शाखाले एक सुचना जारी गर्दै जनाएको छ ।
असार १ गतेबाट पुनः नियमित रूपमा पठनपाठन सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?