Home गोरखाका समाचार बारपाक सुलिकोटमा अन्तरजातीय विवाह गर्ने १६ जोडीलाई सम्मान

बारपाक सुलिकोटमा अन्तरजातीय विवाह गर्ने १६ जोडीलाई सम्मान

0

जेठ ३१, गोरखा । बारपाक सुलिकोट गाउँपालिका भित्र अन्तरजातीय विवाह गरेका जोडीहरूमध्ये १६ जोडीलाई गाउँपालिकाले एक विशेष कार्यक्रममा सम्मान गरेको छ।

गाउँपालिकामा बसोवास गर्ने दलित तथा गैह्रदलित समुदायबीच विवाह बन्धनमा बाँधिएका २७ जोडीमध्ये १६ जोडी मात्रै कार्यक्रममा सहभागी भएका थिए। बाँकी ११ जोडी विभिन्न कारणवश गाउँभन्दा बाहिर रहेको हुँदा कार्यक्रममा उपस्थित हुन नसकेको जनाइएको छ।

गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले सहभागी जोडीहरूलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए। कार्यक्रममा अध्यक्ष भट्टले अन्तरजातीय विवाहलाई सामाजिक सद्भाव र समावेशी समाज निर्माणतर्फको सकारात्मक कदमको रूपमा लिँदै यस्ता सम्बन्धहरूलाई संस्थागत रुपमा प्रोत्साहन गर्न आवश्यक रहेको बताए।

गाउँपालिकाले सामाजिक समावेशिता, दलित सशक्तिकरण र अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा अन्य स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सामाजिक अगुवा समेतको उपस्थिति रहेको थियो।

गाउँपालिकाले आगामी दिनमा बाँकी अन्तरजातीय विवाह गर्ने जोडीहरूलाई पनि सम्मान गर्ने योजना रहेको जनाएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version