असार १, गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाले कृषि तथा पशुजन्य उत्पादन ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बिहीबार सेवा उद्घाटन गर्दै किसानका उपजको सहज बजारीकरणका लागि एम्बुलेन्स चलाइएको बताए ।
हाललाई गाडी भाडामा लिएर सेवा सुरु गरिएको र आगामी वर्षदेखि आफ्नै गाडी खरिदको योजना रहेको कृषि अधिकृत स्वस्तिका अर्यालले जानकारी दिइन् । चालु वर्षमा पाँच लाख बजेट विनियोजन गरिएको छ ।
एम्बुलेन्सले सबै वडामा पुग्ने गरी रुट तय गरिएको छ र स्थानीय उत्पादनलाई हाटबजार तथा सहरी क्षेत्रसम्म पुर्याउने तयारी गरिएको छ । यसले स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजार प्रवर्द्धन गर्न सहयोग गर्ने विश्वास लिइएको छ । जसबाट उक्त क्षेत्रका किसानले प्रत्यक्ष लाभ लिन सक्ने देखिन्छ ।
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
