Home गोरखाका समाचार गोरखामा “सिकाउनका लागि पढाइ” कार्यक्रम सम्पन्न

गोरखामा “सिकाउनका लागि पढाइ” कार्यक्रम सम्पन्न

0

गोरखा, असार ४ – “म विद्यार्थीका लागि, विद्यार्थी मेरा लागि” भन्ने नाराका साथ गोरखा जिल्लामा सञ्चालन भएको ‘सिकाउनका लागि पढाइ कार्यक्रम’ आज सम्पन्न भएको छ ।


सामाजिक बिकास कार्यालय गोरखाको आयोजनामा असार २ गतेदेखि सुरु भएको कार्यक्रम असार ४ गते सफलतापूर्वक समापन भएको हो ।

सहभागी शिक्षकहरूलाई बालमैत्री पठनपाठन विधि, सिकाइका प्रविधि तथा प्रभावकारी कक्षा व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

शिक्षा तालिम केन्द्र, दमौली तनहुँको प्राविधिक सहयोगमा सञ्चालन गरिएको समापन कार्यक्रममा सहभागी शिक्षकहरूले यस्तो किसिमको तालिमले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने बताएका थिए ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version