Home अर्थ आईएमई पे र खल्तीको ऐतिहासिक मर्जर : नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति,...

आईएमई पे र खल्तीको ऐतिहासिक मर्जर : नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति, डिजिटल वालेटमा नयाँ युगको सुरुवात

0

काठमाडौँ, २०८२ असार ५ । नेपालको डिजिटल भुक्तानी क्षेत्रमा क्रान्तिकारी कदम चाल्दै दुई अग्रणी डिजिटल वालेट आईएमई पे र खल्तीको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ।

नेपालको इतिहासमै पहिलो पटक दुई ठूला डिजिटल वालेट एकीकृत भएर सञ्चालनमा आउन लागेका हुन्, जसले फिनटेक क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

बुधबार जारी एक विज्ञप्तिमार्फत कम्पनीले यो ऐतिहासिक निर्णयको जानकारी दिएको हो।

मर्जरपछि कम्पनीको आधिकारिक नाम आईएमई खल्ती लिमिटेड रहनेछ, तर प्रयोगकर्ताहरूले खल्ती एपमार्फत नै सेवा प्राप्त गर्नेछन्।

यो एकीकरणले डिजिटल भुक्तानीलाई अझ सरल, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य राखिएको छ।

प्रयोगकर्ता समायोजन र सुविधाहरूनेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी तीन महिनाभित्र प्रयोगकर्ता समायोजनको काम तीव्र गतिमा अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ।

हाललाई आईएमई पे र खल्ती दुवै एप यथावत् सञ्चालनमा रहनेछन्। प्रयोगकर्ताहरूको रकम, खल्ती प्वाइन्ट, र आईएमई पे रिवार्ड प्वाइन्ट पनि सोही अवधिमा एकीकृत गरिनेछ।

आईएमई पे र खल्ती दुवै प्रयोग गर्नेहरू : एकै ट्यापमा खल्ती एपमा एकीकृत हुनेछन्।

केवल आईएमई पे प्रयोग गर्नेहरू : स्वीकृतिपछि खल्ती एपमा समावेश हुनेछन्।नयाँ प्रयोगकर्ताहरू सिधै खल्ती एप डाउनलोड गरी नयाँ सुविधाहरूको लाभ लिन सक्नेछन्।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
1
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version