यदु प्रसाद अधिकारी
गोरखा, ६ असार २०८२ ।
गोरखा जिल्लाको उत्तरी क्षेत्र, बौध्द हिमाल, दूधपोखरी र नागेपोखरीको समीपमा रहेको अजिरकोट गाउँपालिका साविक ५ गा. वि. स . (घ्याच्चोक, खरिबोट, हंसपुर, मुच्चोक र सिम्जुङ)बाट २०७२ पछि बनाइएको हो ।
यो गाउँपालिका ऐतिहासिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, पर्यटकीय द्दष्टिका साथै लोकसाहित्यक र साहित्यिक द्दष्टिले पनि उच्च रहेको छ।
यस पुण्य भूमिमा कर्मठ युध्द वीर र कलमवीरहरुको जन्म भएको छ।गोरखाको नाम युध्द वीरको द्दष्टिले मात्र होइन साहित्यिक द्दष्टिले चर्चित छ । द्रव्यशाहले २ श्लोक कविता रचेर काव्य लेखनको श्रीगणेश गरेका थिए ।
पृथ्वीनाराण शाहका पालाका उदयानन्द अर्ज्याल, बसन्त शर्मा जस्ता दर्जनौ साहित्यकाहरुले साहित्यको जग बसाएका थिए । त्यस पछि अनवरत रुपमा हाल सम्म सयौं साहित्यकारहरुले साहित्य सिर्जना गरी गोरखाको गौरव वढाएका छन् ।
गोरखाका ११ वटा स्थानीय तहमा साहित्य साधनामा लागेका धेरै साहित्यकारहरु हुनुहुन्छ । ती पालिकाहरु मध्ये अजिरकोट गाउँपालिकाका साहित्यिक धरोहरहरुको नाम उल्लेख गरिएको छ ।
साविक हंसपुर गा.वि.स.मा पूर्णप्रसाद ब्राह्मण उहाँ संस्कृत र नेपाली भाषाका ज्ञाता २००७ सालका गोरखाका हलोक्रान्तिका नायक पनि हुनुहुन्थ्यो । संस्कृत र नेपाली भाषामा साहित्य सिर्जना गरी संस्कृत भाषाबाट नेपाली भाषामा अनुवाद पनि गर्नु भएको छ। सीताराम अधिकारी कवि र अंग्रजी भाषाका कोशकार, तीर्थराज अधिकारी कवि र समालोचक, चन्द्रकान्त अधिकारी साहित्यकार नेपाली शब्द कोशकार, यदुप्रसाद अधिकारी विविध विषय र साहित्यक विषय खोजकर्ता, शीतल घिमिरे गद्य कवि, साहित्यकार, उमा भुजेल(शिलु) अन्य फुट्कर रचनाकारहरु, नूरेश्र्वर, टुकनाथ, तया र राजनीतिलाई साहित्यमा प्रयोगकर्ता नारायण अधिकारी र गोविन्द अधिकारी, लोक साहित्यकार नीरबहादुर गुरुङ्ग रहेका छन् ।
साविक खरीबोट गाबिसमा विष्णुप्रसाद, विनोदप्रसाद, ईश्वरी नन्दन धिताल र वी पी गोरखालीले कर्म भूमि टाढा भए पनि जन्मभूमिलाई सम्झेर साहित्य सिर्जना गरेका छन् । फुट्कर रचनाकारहरुमा रमेश, कमल, फणीन्द्र, तुलसी गोविन्द धितालका साथै कृतिप्रकाशोन्मुख नीलजङ्ग गुरुङ् देखिएका छन् ।सिस्नेमा जन्मिएका जनवादी लोकगायक खुशीराम पाख्रीनले लोकगीतको माध्यमबाट जनताहरुलाई विमुग्ध बनाउने काम गरेका थिए ।
साविक सिम्जुङ्ग गाबिसमा शुकदेव दवाडी(नियात्रा), गणेश अधिकारी(मुक्तक) कृति सिर्जना गरेका छन् । फुट्कर रचना दयानिधि र मोहन दवाडीले सिर्जना गरेका छन्। सिरानडाँडामा जन्मेका गौतम शेर्पा र सिम्जुङ्गमा जन्मेकी लीलु गुरुङ्ग, झ्यावाँमा जन्मेका सुशील दवाडीले लोकगीतको माध्यमबाट जन्मभूमिको प्रशंसा गरेका छन् ।
साविक मुच्चोक गाविसमा जन्मेर साहित्यिक क्षेत्रमा अग्रसर हुनेहरुमा भूमिनन्द देवकोटा, विष्णुहरि अधिकारी अग्रपंक्तिमा पर्दछन् । फुटकर रचनाकारहरुमा नरनाथ पौडेल, शम्भु र रघुनाथ अधिकारी देखिएका छन् ।
साविक घ्याच्चोक गा वि समा मौलिक लोकगीत गाउनेहरुले वनपाका गुन्जाएमान् बनाएका छन् । विद्यालयका स्मारिका र अन्य संघ स्स्थाहरुका मुख पत्रमा फुट्कर लेख रचनाहरु प्रकाशित गर्ने धेरै महानुभावहरु हुनु हुन्छ होला । उहाँहरुको नाम पनि प्राप्त भएमा थपिदै जानेछ ।
