Home गोरखाका समाचार गोरखा–नाम्जुङ–घैरुङ–मनकामना सडक अवरुद्ध, यात्रु अलपत्र

गोरखा–नाम्जुङ–घैरुङ–मनकामना सडक अवरुद्ध, यात्रु अलपत्र

0

गोरखा, असार ९ गते । गोरखा जिल्लामा परेको अबिरल वर्षाका कारण गोरखा–नाम्जुङ–घैरुङ–मनकामना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबार रातिदेखिको लगातार झरीले शहिद लखन गाउँपालिका–७ स्थित बुङकोट ढुङ्गाडे भञ्ज्याङ सडक क्षेत्रमा ठूलो पहिरो जाँदा सोमबार बिहान ५ बजेदेखि सडक बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुबेदीका अनुसार रातभरको वर्षाले सडक चिराचिरा भएर भासिएको र ठूलो पहिरो खसेकोले तत्काल सडक सञ्चालनमा ल्याउन कठिन भएको जानकारी दिनुभयो। “विभिन्न सवारीसाधनहरू बाटोमै रोकिएका छन्। सडक अवरुद्ध भएपछि यात्रुहरू पनि अलपत्र परेका छन्,” उहाँले भन्नुभयो।

सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ। शहिद लखन गाउँपालिका, नेपाल प्रहरी र पूर्वाधार कार्यालय गोरखा लगायतका निकायबीच समन्वय गरी पहिरो पन्छाउने काम सुरु गरिएको छ।
सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरका अनुसार गाउँपालिकाको जेसिबी प्रयोग गरेर एकतर्फी रूपमा भए पनि सडक सुचारु गर्ने प्रयास भइरहेको छ।


“झन्डै पाँच घण्टादेखि यात्रुबाहक सवारी रोकिएका छन्। पहिरो पन्छाएर वैकल्पिक मार्ग बनाएर भए पनि सडक सञ्चालन गरिनेछ,” अध्यक्ष थापाले जानकारी दिनुभयो।

स्थानीय तह र पूर्वाधार निकायको समन्वयमा सडक खुलाउने प्रयास जारी रहेकाले यात्रीहरूलाई धैर्य गर्न आग्रह गरिएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version