गोरखा, ९ असार २०८२ । गोरखा नगरपालिकाले मंगलबार (१० असार २०८२) का लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएको छ । आर्थिक वर्ष २०८२/०८३ को १७ औं नगरसभा अधिवेशन नगरपालिका कार्यालयमा आयोजना हुने भएकाले सेवा प्रवाह प्रभावित हुने भएको हो।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार, अधिवेशनमा नगरपालिका कार्यालय र मातहतका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरू सहभागी हुने हुँदा एक दिनका लागि नियमित सेवाहरू बन्द रहनेछन् । अत्यावश्यक सेवाहरू भने सुचारु रहने नगरपालिकाले स्पष्ट पारेको छ।
नगरसभाको यो अधिवेशनमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने अपेक्षा गरिएको छ।
हेर्नुहोस् सूचना

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
1
1