Home समाचार उपनिर्वाचनको मिति तोक्ने तयारी, मतदाता नामावली दर्ता गर्न आह्वान

उपनिर्वाचनको मिति तोक्ने तयारी, मतदाता नामावली दर्ता गर्न आह्वान

0
Compressed by jpeg-recompress

काठमाडौं, असार १२, २०८२
निर्वाचन आयोगले रिक्त प्रतिनिधिसभा, प्रदेशसभा, र स्थानीय तहका पदहरूमा उपनिर्वाचनको तयारी गरेको छ। मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकालाई यथाशीघ्र दर्ता गर्न आयोगले अनुरोध गरेको छ ।

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले निर्वाचन मिति घोषणा भएपछि नाम दर्ता गर्न नपाइने बताए। गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कात्तिक दोस्रो सातामा उपनिर्वाचन गर्ने विषयमा छलफल गरेका थिए ।

विशेषगरी प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (ख) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे परामर्श भएको थियो ।

रुपन्देही ३ मा राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि पद रिक्त छ । त्यस्तै, मनाङ क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) जेल गएपछि पद रिक्त छ ।

त्यस्तै, स्थानीय तहमा एक दर्जन बढी वडाध्यक्ष पद रिक्त छन् ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version