Home गोरखाका समाचार गोरखा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

गोरखा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

0

गोरखा, २०८२ असार १२ गते
गोरखा जिल्ला बिहीबार ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’को रूपमा घोषणा गरिएको छ । १६ देखि ५९ महिनासम्मका बालबालिकाहरूले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेका कारण स्वास्थ्य कार्यालय गोरखाले उक्त घोषणा गरेको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख यमप्रसाद शर्माका अनुसार बैशाख १५ देखि जेठ २७ गतेसम्म जिल्लाभित्रका सबै पालिकाहरूलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका’ घोषणा गर्ने कार्य सम्पन्न गरिएपछि समग्र जिल्लालाई घोषणा गरिएको  हो ।

खोप सर्वेक्षणको क्रममा जिल्लाका एक जना बालकले कुनै पनि खोप नलगाएको र ११ जना बालबालिकाले आंशिक मात्र खोप पाएको पाइएको थियो । ती सबै बालबालिकाको पहिचान गरी आवश्यक सबै खोप लगाइएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

जिल्लाको खोप फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले सरकारको नीति अनुसार माघदेखि चैत्र महिनासम्म घरधुरी सर्वेक्षण, वैशाखलाई खोप महिना र त्यसपश्चात पूर्ण खोप घोषणा तथा दीगोपनाको कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

जिल्ला खोप समन्वय समितिका संयोजक एंव जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षता र प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विश्वबन्धु बगालेको प्रमुख आतिथ्यतामा होटल मिराकलना सम्पन्न कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको थियो ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version