Home गोरखाका समाचार उत्कृष्ट अँक ल्याउने शहिदलखन गाउँपालिका भित्रका विद्यार्थीहरु सम्मानित

उत्कृष्ट अँक ल्याउने शहिदलखन गाउँपालिका भित्रका विद्यार्थीहरु सम्मानित

0

राजेन्द्र न्यौपाने
१७ असार, गोरखा । उत्कृष्ट अँक ल्याएर एसइइ र आधारभूत तहको परीक्षा उतीर्ण गर्ने शहिदलखन गाउँपालिका भित्र रहका विभिन्न विद्यालयका विद्यार्थीहरु सम्मानित भएका छन् ।


शहिदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले सोमबार विद्यार्थीहरुलाई दोसल्ला सहित नगद पुरस्कार र प्रशँसापत्रले सम्मान गरेका हुन् । सम्मानित हुनेहरुले नगद दुई हजार देखि ४० हजार रुपैयाँ सम्म पुस्कार प्राप्त गरेका छन् ।
नेपालका स्थानीय तहहरु मध्ये उच्च अंक ल्याउने विद्यार्थीहरु सम्मानित भएको पहिलो कार्यक्रम हो । शहिद स्मृति मा.वि बुँकोटका सागर श्रेष्ठले ३.९२ जिपिए प्राप्त गरी ४० हजार प्राप्त गरेका छन् ।


जनशक्ति मा.वि.का सन्देश लामिछाने ३.८५ जिपिए प्राप्त गरी तीस हजार, रामेश्वरी मा.वि.का कृषा वाग्ले ३.८५ जिपिए प्राप्त गरी ३० हजार, हिमालय मा.वि.का सन्दिप वसेल ३.८५ जिपिए प्राप्त गरी ३० हजार, सिँजाली मा.वि.का सलिन श्रेष्ठ ३.७३ जिपिए प्राप्त गरी वीस हजार, भगवती हिमालय मा.वि घैरुङका एलिना थापा मगर ३.७३ जिपिए प्राप्त गरी २० हजार, शहीद स्मृति मा.वि. बुँकोटका रुस्मा श्रेष्ठ ३.७ जिपिए प्राप्त गरी २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।


आधारभूत परीक्षा उतीर्ण तर्फ ३.६८ जिपिए प्राप्त गरी भगवती हिमालय मा.वि. घैरुङका विधान श्रेष्ठ दुइ हजार, ३.६४ जिपिए प्राप्त गरी शहीद स्मृति मा.वि. बुँकोटका रेस्मा गुरुङ दुइ हजार, ३.६२ जिपिए प्राप्त गरी जलदेवी मा.वि. तिनमाने ताक्लुङका सृष्टि थापा मगरले दुइ हजार प्राप्त गरेका छन् ।


विद्यार्थीहरुको मनोवल बढाई सिकाइ क्षमताको विकास गर्ने उदेश्यका साथ उत्कृष्ट जिपिए प्राप्त गर्ने छात्रछात्राहरुलाई शहीदलखन गाउँपालिकाले सम्मान गर्दै आएको शहीदलखन गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version