साउन १५ गोरखा । सिरानचोक गाउँपालिकाले भोली सार्वजनिक बिदा दिएको छ ।
पालिकाले २०९ औं अमरसिंह थापाको स्मृतीको अवसरमा एक सूचना जारी गर्दै पालिका भित्र सार्वजनिक बिदा दिएको हो ।
सूचना अनुसार गोरखा राज्य बिस्तार र नेपाल एकिकरणमा अतुलनिय योगदान पुर्याएका राष्ट्रिय विभूती थापाको स्मृतीमा शुक्रबार पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
साउन १६ गते शुक्रबार थापाको संझनामा सिरानचोक गाउँपालिका–६ को गाँखु स्थित अमरसिंह पार्कमा विभिन्न कार्यक्रमको समेत आयोजना गरिएको छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?