Home गोरखाका समाचार एनपीआइ गोरखा अस्पताल उद्घाटन

एनपीआइ गोरखा अस्पताल उद्घाटन

0
oppo_0

भदौ १ गोरखा । गाेरखा सदरमुकाममा निजी स्तरबाट हालै निर्माण सम्पन्न भएकाे एनपीआइ गाेरखा अस्पतालकाे आज एक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाट उद्घाटन भएको छ ।

सात तले उक्त अस्पतालको भवन निर्माणको काम २०७७ सालबाट सुरु भएको थियो । आवश्यक उपकरणसहित भवन निर्माणका लागि कुल ५४ करोड ७५ लाख खर्च भएको उक्त अस्पतालको सेवा शुभारम्भ भएसंगै गोरखा, तनहूँ, लम्जुङ, धादिङ लगायतका स्थानीयलाई सुलभ शुल्कमा बिशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्य रहेको छ ।

अस्पतालको उद्धाटन भएसंगै पहिलो दिन ओपिडी सेवा निशुल्क रहेको र बाँकी सेवा शुल्कमा ५० प्रतिशत छुट रहेको छ भने दोस्रो र तेस्रो दिन ओपिडीमा ५० प्रतिशत र अरु सेवा शुल्कमा २५ प्रतिशत छुट व्यवस्था रहेको छ । चौथो दिनबाट अस्पतालको दररेट अनुसार शुल्क लाग्नेछ ।

अस्पताल संचालक समितिको निर्णयानुसार ओपिडी शुल्क चारसय, भिडियो एक्स–रे सेवाको एक हजार, इन्डोस्कोपीको दुई हजार । इमर्जेन्सी टिकटको दुई सय र भर्ना हुने बिरामीको बेड चार्ज एक हजार । सिटि स्क्यानका लागि न्यूनतम चार हजार रुपैंया शुल्क निर्धारण गरिएको छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
1
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version