
गोरखा । गोरखा–नारायणघाटतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको बस आज दिउँसो १:३० बजे गोरखा नगरपालिका–११ स्थित १२ किलो चोक नजिक दुर्घटनामा परेको छ।
दुर्घटनामा परेर घाइते भएका सबै यात्रुलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गोरखा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ। घाइतेहरूको पहिचान र अवस्था बारे विस्तृत विवरण आउन बाँकी छ।
घटनाको कारण प्रारम्भिक रूपमा स्पष्ट नभए पनि प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?