Home गण्डकी प्रदेश गोरखा बस दुर्घटनामा घाईतेहरूको थप उपचारका लागि चितवन पठाईयो

गोरखा बस दुर्घटनामा घाईतेहरूको थप उपचारका लागि चितवन पठाईयो

0

आईतबार दिउँसो गोरखा बाट नारायणगढको लागि छुटेको यात्रुवाहक बस गोरखाको बाह्रकिलो हुदाँ २१ जना यात्रु घाईते भएका थिए।गोरखाको बाह्रकिलोमा ना ४ ख १४१९ नम्बरको यात्रुबस दुर्घटनामा घाइते २१ जना मध्ये ९ जनालाई गोरखा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेज रिफर गरिएको छ ।

दुर्घटनामा घाइते भएका गोरखा नगरपालिका–३ नारेश्वरका सीताकुमारी बस्नेत, ५६ वर्षीय निरुमाया श्रेष्ठ, १२ वर्षीया अनुष्का बस्नेत, ईश्वरबहादुर बस्नेत, १४ वर्षीय अनुष बस्नेत, बारा सिम्रनगण–३ का मनोजकुमार शाह, गोरखा–६ का बसुन्धरा जोशी, चितवनको भरतपुर–५ का ३५ वर्षीय संगिता बस्नेत, आधभी प्याकुरेल, गोरखा–९ का ४७ वर्षीय जालुमाया विकलाई थप उपचारका लागि चितवनस्थित नयाँ र पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ भने अन्य घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसको ब्रेक नभएको र ओत पनि नराखी ड्राइभर झरेको बेला बस गुडेर १० मिटर तल खसेर दुर्घटना भएको र उक्त बस चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ।

घाइतेहरुको अवस्था

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version