Home राजनीति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गोरखाको एकता सभा आज हुँदै

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गोरखाको एकता सभा आज हुँदै

0

गोरखा, २५ मंसिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गोरखाको एकता सभा आज हुने भएको छ । साविक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) को पार्टी कार्यालय पाटेचौरमा हुने एकता सभामा जिल्लाभर नेता कार्यकर्ताको सहभागिता रहने पार्टीका जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिनुभयो ।

एकतासभाको तयारीका लागि बुधबार एकता प्रक्रियामा रहेका जिल्लामा क्रियाशिल पार्टीका नेताहरुको संयुक्त बैठक सम्पन्न भएको उहाँले बताउनुभयो ।

बैठकमा साविक माओवादी केन्द्रका जिल्ला इन्चार्ज अमर तमु, केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य पशुराम रम्तेल, जिल्ला संयोजक छमबहादुर तमु, जिल्ला सचिव अकुर तिमल्सिना (आयाम), केन्द्रीय सल्लाहकार रामबहादुर ढकाल, साविक एकिकृत समाजवादीका विशेश्वर कट्टेल, जिल्ला अध्यक्ष यादव बस्नेत लगायतको सहभागिता रहेको थियो ।

विहान ११ बजेबाट सुरु हुने एकता सभाका लागि सवै तयारी पुरा भएको उहाँको भनाई छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को प्रमुख आतिथ्यतमा हुन लागेको एकता सभामा नेता राजेन्द्र पाण्डे, हितराज पाण्डे, हरिराज अधिकारी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version