Home प्रवास समाचार गोरखा सेवा समाज कतारले भोलि स्थापना दिवस मनाउदैँ

गोरखा सेवा समाज कतारले भोलि स्थापना दिवस मनाउदैँ

0

राजु लामा/कतार संवाददाता

तन,मन,वचन र कर्मले सेवा गरौँ भन्ने उद्देश्यका साथ स्थापना भएक‍ो गोरखा सेवा समाज कतारले २३ अौँ स्थापना दिवस मनाउने भएको छ।उक्त कार्यक्रमको तयारि अन्तिम चरणमा पुगेको सस्थाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो।

कार्यक्रममा शुभकामना आदान प्रदान साथै स्थानिय कलाकारहरूको साथमा बृहत् साँस्कृतिक कार्यक्रम -२०२५ हुने छ भने गोरखा जिल्लाको भौगोलिक,साँस्कृतिक र आर्थिक अवस्था तथा गोरखा सेवा समाज कतारले हाल सम्म गरेका विभिन्न कार्यहरूको पनि जानकारि गराईने भएको छ।

कार्यक्रममा नेपाल बाट आमन्त्रित सारेगम लिल च्याम्प फाईनलिस्ट अरूण सुनारको साथमा स्थानिय कलाकारहरू गायिका रश्मि सेन्चुरि, गुना मगर (निशु) गायक पुकार थापा, सङ्गीत बिसि र नृत्यमा सानुमाया गुरूङ्ग ,सलिना सिह ठकुर ,प्रिया लामा ,सरिता वान्तवा राई, श्रीष्टि राई को साथमा अन्य कलाकारहरूको बेजोड प्रस्तुति रहने छ।

कार्यक्रमको संयोजक भने अर्जुन सङ्गौलाले गर्ने भएको छ। यहि डिसेम्बर १८ , २०२५ दिनको १२ बजे स्थान फुलबारि रेस्टुरेन्ट, कतारमा कार्यक्रम हुने हुदाँ सम्पूर्ण कतारमा रहनु भएका गोर्खाली दाजु भाइ तथा दिदी बहिनिहरूमा गोरखा सेवा समाज कतार हार्दिक निमन्त्रणा साथै आयोजकले कार्यक्रम लाई सभ्य अनि भब्य रूपमा सफल बनाउनु हुन सम्पूर्णमा आग्रह गरेको छ।

उक्त कार्यक्रमको मिडिया पर्टनरको रूपमा मध्यान्ह रास्ट्रिय दैनिक, रेडियो साहिनो 89.8 मेगाहर्ज ( पश्चिम चितवनको आवाज),जोईन मिडिया, बुटवल टुडे र न्युज लेन्स गोरखा रहेका छन्।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version