गत साउनदेखि हराइरहेका जङ्गबहादुर गुरुङको कङ्काल फेला परेको छ ।
गोरखा नगरपालिका वडा नं. ५ चिल्ड्रेन पार्क नजिकैको जंगलमा उनको कङ्काल फेला परेको हो । बारपाक सुलिकोट गाउँपालिका–३ का ४५ वर्षिय जङ्ग बहादुर साउनमा घरबाट बेपत्ता भएका थिए ।
सोमबार जंगलमा दाउरा खोज्न गएका स्थानीयले मानव कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
निजको कङ्काल सँगै १ थान किप्याड मोबाइल, जुत्ता, ट्रयाक र कमिज समेत फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिए ।
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
