अजिरकोट गाउँपालिकाले पालिका भित्रका प्रमुख पर्यटकीय क्षेत्रमा पर्यटकहरुको सजिलोका लागि घोडा सवारीको व्यवस्था गर्ने भएको छ ।
चालु आर्थिक वर्षको बार्षिक वर्षको नीति तथा कार्यक्रममा समेटेर घोडा पर्यटन साझेदारी कार्यक्रम संचालनका लागि प्रक्रिया सुरु गरेको हो । अजिरकोट डाँडा, भच्चेक, नम्की, सिरानडाँडा, नागेपोखरी लगायतका क्षेत्र पुग्न पर्यटकलाई घो८ा सवारीको व्यवस्था गर्न लागिएको गाउँपालिका अध्यक्ष दिपक देबकोटाले बताए ।
उक्त कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले इच्छुक व्यक्ति वा फर्मसँग आवेदन माग गरेको छ । गाउँपालिकाले घोडा खरिदमा ५० प्रतिशत अनुदान दिने उनले बताए । उक्त कार्यक्रम मार्फत स्थानीय पर्यटन प्रवर्द्धन रोजगारीको सिर्जना र आन्तरिक तथा बाह्य पर्यटकलाई सहज र फरक अनुभव प्रदान गर्ने लक्ष्य लिइएको छ ।
घोडा सवारीको व्यवस्थाले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने गाउँपालिकाको विश्वास छ ।
हेर्नुहोस् सूचना
