Home प्रवास समाचार कतारको सनैयामा छेलो प्रतियोगिताबाट तमु (म्रु) राजाका रूपमा सेनबहादुर गुरूङ्ग भए सफल

कतारको सनैयामा छेलो प्रतियोगिताबाट तमु (म्रु) राजाका रूपमा सेनबहादुर गुरूङ्ग भए सफल

0

तमु (गुरूङ) समाज र तमु प्ये ल्हु संघ शाखा कतारकोको संयुक्त आयोजनामा डिसेम्बर २६ गते छेलो (ठेला) हान्ने प्रतियोगिता भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ ।

तमु (म्रु) राजा छनोट कार्यक्रमलाई भव्य, सभ्य तथा सफल बनाउन तमु (गुरूङ) समाज र तमु प्ये ल्हु संघ शाखा कतारको छेलो प्रतियोगितामा जम्मा २२ जना प्रतिस्पर्धीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन क्ल्हेप्री चिवा नवीन टु क्ल्हेप्री तमुले गरेका थिए।

सोही प्रतियोगिताबाट यस वर्षको तमु (म्रु) राजाका रूपमा दोर्दी गाउँपालिका वडा नं. ५, लप्सीबोट, लमजुङ निवासी श्री सेनबहादुर गुरुङ सफल भएका थिए।उनलाई यहि जनवरि २ मा तमु (गुरूङ) समाज र तमु प्ये ल्हु संघ शाखा कतारले सम्मान गर्ने भएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version