Home प्रवास समाचार कतारमा तमू त- ल्हो ल्होसार कार्यक्रम -२०२६ मनाईने

कतारमा तमू त- ल्हो ल्होसार कार्यक्रम -२०२६ मनाईने

0

“तमूहरुको एकता, आजको आवश्यकता” भन्ने मुल नाराका साथ सहकार्य सुरु गरेको कतारको प्रसिद्ध दुई सस्था तमू (गुरुङ) समाज कतार र तमू प्ये ल्हु संघ, शाखा कतारले संयुक्त रुपमा आगामी २ जनवरी, २०२६ शुक्रबारका दिन गुरुङ जातिको महान पर्व तथा राष्ट्रिय पर्व तमू ल्होसार मनाउने भएको छ। यस बर्षको त–ल्हो ल्होसार (घोडा वर्ग) विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको हो।

उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथी कलाकारहर एवं कतारमा रहनु भएका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहनेछ ।कार्यक्रम DPS Monarch International School, Al Wukair, मा बिहानको ठिक ११ः०० देखी बेलुका ०६:०० सम्म रहने छ।

उक्त कार्यक्रम कतारमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनिहरूमा आउनु भई कार्यक्रम लाई सभ्य अनि भब्य रूपमा सफल बनाउनु हुन तमू (गुरुङ) समाज कतार र तमू प्ये ल्हु संघ, शाखा कतारले आग्रह गरेको छ। कार्यक्रम स्थल सम्म जानको लागि विभिन्न स्थानहरू बाट नि: शुल्क यातायातको पनि ब्यवस्था रहेको आयोजकले जनाएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
1
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version