Home मनोरञ्जन गोरखा महोत्सवमा नव गायक रायनको प्रस्तुतिमा झुमे हजारौँ दर्शक

गोरखा महोत्सवमा नव गायक रायनको प्रस्तुतिमा झुमे हजारौँ दर्शक

0

गोरखा उद्योग वाणिज्य संघको आयोजनामा हरमटारी खेलकुद मैदानमा जारी १२ औँ गोरखा महोत्सवमामा गोरखा अजिरकोटका नव गायक रायन बस्यालले धमाका मच्चाएका छन्। उनले गोरखाको भच्चेक लगायत पछिल्लो समयमा बजारमा आएको जुनु गित बाट हजारौँ दर्शक श्रोतालाई नचाएका थिए।

महोत्सवमामा रायनले आफ्नो थुप्रै उत्कृष्ट गितहरू सङ्गै नाचेर दर्शकलाई आकर्शित गरेका थिए। पछिल्लो समयमा उनको नयाँ गित जुनु लाई पनि दर्शकहरूले अथाहा माया दिई रहेका छन्। जस्को कारण पछिल्लो समयमा जुनु गितले पनि १ मिलियन भ्युज पार गरि सकेको छ।

गोरखा महोत्सवमा आफ्नो प्रस्तुति पछि उनले सामाजिक सन्जालमा तस्बिर राख्दै १२ औ गोरखा महोत्सवका आयोजक गोरखा उद्योग वाणिज्य सघं गोरखाको सम्पुर्ण कार्यसमिति प्रति आभार प्रकट गर्नुका साथै चर्चित गायक प्रकाश सपुत, चर्चित गायिका रूपा घर्ती मगर, हरिराम परियार, पवन श्री परियार सङ्ग स्टेज सेयर गर्नु पाउँद खुसि लागेको कुरा ब्यक्त गरेेका छन्।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version