Home प्रवास समाचार कतारमा रहेका तमुहरूले मनाए तमु ल्होसार

कतारमा रहेका तमुहरूले मनाए तमु ल्होसार

0

“तमुहरूको एकता,आजको आवश्यकता” भन्ने मूल मन्त्रका साथ तमु (गुरुङ) समाज कतार र तमु प्ये ल्हु संघ, शाखा कतारको संयुक्त आयोजनामा गुरुङ जातिको राष्ट्रिय पर्व “तमु ल्होसार” धूमधामका साथ मनाएका छन्।


जनवरि २ शुक्रवारको दिन कतारको वक्रामा रहेको मोनार्क ईन्टरनेशनल स्कुलको सभा हलमा त- ल्हो ल्होसार मूल आयोजक समितिका संयोजक राम ल्हेगे गुरुङको अध्यक्षता तथा कतारका लागी नेपाल सरकारका पर्यटन दूत राजेन्द्र कुमार शर्माको प्रमुख आतिथ्यतामा मनाइएको हो ।

गुरुहरू नवीन टु गुरुङ (क्यब्री गुरु) र अशोक सर्बुजा गुरुङ (पच्यु गुरुले “आशिमाला पढेर देवी देवता कुल पित्रीलाई सम्झँदै कार्यक्रमको शुभारम्भ गरिएको कार्यक्रममा आयोजक संस्थाका दुई अध्यक्ष,प्रमुख अतिथि,संस्थाका प्रमुख संरक्षकहरू,सल्लाहकार गुरुहरू कृष्ण ल्हेगे तमु र नवीन टु तमु,लगायत विशिष्ट अतिथिहरूलाई तमुहरूको मौलिक पहिचान (फेटा) क्रेगीद्धारा सम्मान गरिएको थियो । गुरुङहरूको ल्हो आउने र जाने विधि अनुसार सप्र्हि ल्हो को बिदाइ त-ल्हो को आगमन सगैं त-ल्हो वर्ग लाई रोग ब्याथा नलागोस् भनी रिपा समेत लगाइएको थियो ।

विधिगत रूपमा दीप प्रज्वलन गरेर समुद्घाटन सगैं तमु राष्ट्रिय राष्ट्रिय गान (तमु हयुल क्वोई) समेत रहेको थियो ।तमु (गुरुङ) समाजका अध्यक्ष दिनेश गुरुङले स्वागत मन्तव्य राखेको ल्होसार कार्यक्रममा तमु सांस्कृतिक परिवारमा आबद्ध रहेका कलाकारहरूले स्वागत नृत्य पेस गरेका थिए ।


तमु समुदायको मौलिक संस्कृति र संस्कार झल्काउने कौडा चुट्का,सालैजो झ्याउरे, लाईभ दोहोरी,तमु क्युई,ल्होसारको खुसी र एकता झल्काउने विभिन्न सांगीतिक प्रस्तुति सगैं विविध मनोरञ्जनात्मक प्रस्तुतिहरूले हलमा उपस्थित रहेका दर्शकहरू छमछमी नाचिरहे,अतिथि कलाकार कुशल थलाङ सहित झन्डै दुई दर्जन कलाकारहरूले एकल,सामूहिक तथा गायनमा प्रस्तुति राखेका थिए ।

गुरुङहरूले हरेक वर्ष छान्ने गरेको तमु राजा (म्रु) छेलो प्रतियोगितामा विजयी हासिल गर्ने व्यक्ति नै राजा हुने प्रचलन अनुसार यस वर्ष दोर्दी गाउँपालिका वार्ड नं ५ लप्सीबोट लमजुङका सेनबहादुर गुरुङ राजाका रूपमा चयन भएका छन् । गत शुक्रवार राजा छनोट भए पनि ल्होसार कार्यक्रम मार्फत उनलाई क्रेगी लगाइ सम्मान सहित प्रमाणपत्र र मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।

प्रमुख अतिथि शर्मालाई स्टेजमै मायाको चिनो सहित सम्मान गरिएको थियो । सम्मान ग्रहण पछि बोल्दै शर्माले कतारजस्तो विदेशी भूमिमा पनि मौलिक संस्कृति जोगाउन गरिएको प्रयास र दुई संस्थाको संयुक्त आयोजनाले देखाएको एकता, समझदारी र सामूहिक भावनाले
भविष्यमा समेत अझ सशक्त सहकार्य कार्य गर्न सक्ने बताए ।

ल्होसारको कार्यक्रमको सञ्चालकमा धन तमु,फलेन्द्र तमु,रश्मि गुरुङ र सुजन गुरुङले मिलेर गरेका थिए । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष राम तमुले गुरुङहरूको यो ऐतिहासिक तमु ल्होसार कार्यक्रमले हाम्रो संस्कार, संस्कृति र पहिचानलाई थप मजबुत बनाउनुका साथै प्रवासमा रहेर पनि आफ्नो मौलिकता जोगाउनु हाम्रो साझा दायित्व रहेको बताए ।

उनले यो कार्यक्रमले एकता, सहकार्य र सकारात्मक सन्देश दिएको प्रशंसा गर्दै राष्ट्रिय कार्यक्रमलाई प्रत्यक्ष,अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने कतारमा रहेका नेपाली समुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै, आगामी दिनहरूमा पनि यस्तै सहकार्य र एकताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा विभिन्न पारम्परिक पोसाक र भेषभुषामा सजिएका करिब हजार दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version