Home गोरखाका समाचार गोरखा टेलरिङ व्यवसायी संघले गर्‍यो १ दिने किरिङ बनाउने तालिम

गोरखा टेलरिङ व्यवसायी संघले गर्‍यो १ दिने किरिङ बनाउने तालिम

0

पुस २८ गोरखा

गोरखा टेलरिङ व्यवसायी संघ गोरखाले आफ्नो व्यवसायीक सदस्यहरुलाइ लक्षित गर्दै फोहोर बाट मोहोरको सिद्धान्त लिएर
सदरमुकाम स्थित होटल सत्यमको सभाहलमा पुस २८ गते
आफ्नो व्यवसायबाट फालिएको टुक्रा कपडाबाट किरिङ बनाउने १ दिने निशुल्क तालिम सम्पन्न गरेको छ ।

आफ्ना व्यवसायीहरुले समय क्रम अनुसार ग्राहकलाइ नयाँपनको सेवा दिन सकिने उदेश्यले तालिम संचालन गरिएको संस्थाका अध्यक्ष बिकास बाबू परियारले बताए।

गोरखा टेलरिङ व्यवसायी संघ गोरखाको आयोजनामा भएको उक्त तालिममा टेलरिङ व्यवसायी महासंघ बाग्मती प्रदेशका अध्यक्ष तथा डिजाइनर धिपेन्द्र कान्जितले प्रशिक्षण गराउनुभएको थियो ।

उक्त तालिममा २५ जना भन्दा बढी संघका सदस्यहरु सहभागी थिए । तालिमबाट सहभागीहरुले आफ्नो व्यवसायमा ग्राहकहरुले कारोबार गर्दा फरकपनको महसुस गर्ने भन्दै खुशी व्यक्त गरेको अध्यक्ष परियारले जानकारी दिए।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version