Home राजनीति सुदन गुरुङका लागि रास्वपा गोरखाले माग्यो पीएसओ

सुदन गुरुङका लागि रास्वपा गोरखाले माग्यो पीएसओ

0

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदन गुरुङको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय गोरखासँग व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) उपलब्ध गराउन माग गरेको छ।

गोप्य सूचनाका आधारमा हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट उम्मेदवार गुरुङलाई व्यक्तिगत रूपमा सुरक्षा खतरा बढेको जनाउँदै आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरिएको हो।

पार्टीका जिल्ला सचिव मिलन रानाको हस्ताक्षर रहेको पत्रमार्फत प्रमुख जिल्ला अधिकारीलाई उम्मेदवारको सुरक्षाप्रति गम्भीर ध्यान दिन अनुरोध गरिएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version