Home गोरखाका समाचार चट्याङले ट्रान्सफर्मर जलाएपछि बारपाक सुलिकोट–८ का ८४ घरधुरी खानेपानी संकटमा

चट्याङले ट्रान्सफर्मर जलाएपछि बारपाक सुलिकोट–८ का ८४ घरधुरी खानेपानी संकटमा

0
Signature: dPSPySXrQJU++1YHrHKIBeGZr9tV5km2i6pCUDDQIfctH0UkftYrUS9Mtu0OKqFpslooABKZ/B9BXR+8G0P+CM809t3Tp0mmLcu2eLtaT9pkT+iTHuuBhyzL1WfXRiMN8e850yv2Fb2hJnEOSHrqYIJMdns2CIhbdk2R6UIcpsov+/zOtXkN77g5vNeHVvHPp123yf1vES/JcYprhTW6wZ64aLST8OM5c6JvyVD1a1OpIXNg3hzaASVVEtkdGCGuWV6dYyeQPLR6jZXP+mUouw1T7eI9yFRBr7CPGbgRmh5hxqSA9pns+qcbvwHg9y6mX9wyIAvYsKza+SQbxnXbw8e7YheQPX66+9sABSAHjBwnHaPsTSxKPNzbbKbEfTzvm8DNdVg8NmciyWKhYsqHgQvbxnxGy5u9taB5gMatZjXEluYGE5PiG2TJQnlWO+V10VunN31FWF35/fcBViBYV50o8p0N/03DzpSY7u00c2MEzjexjUOC9OnOp1mUxgXFjpbqopGgoonrCte3PPARQsvE+9KCEocnPK9EAWEgGyswhBGUzOd5pC51bKlppPAlypuwqRuI1/j5Fl6hhcsSR/E+cHwJQzK9cCsidff8P3/uoT+qWAxNzj36K+LwvsHt09ZTa7vTGAR5VyLUl1gqngxE/Fbb1qkMIh/4QhOJe/XsNJgrveYgx2GBail04cFLBfxKmtdKg4DvqP1Ca2uJEuaxC8Emal0DNGAzY2grFfr+VjByvSt3zHZgtIfn0gRrK3P5A4cbxGakT335sI+h6Xs96XYwCLtcAIvRmR+ZrPAvhT0kkbzTri7BimlYm5YjzZrDZUBX7BMQJVBFMb4w7WpXeD/IhbwtexYGij6hX+i1/8gcfwgJt0PFVvK2i6uXouO8vV0qtQ6ua74wFbFHIb1bx3+feEf006/eiYP4bwK2GJ/MeoaGD1FzJGk5ssJTWup+DDWsW7Ro4yjWDMI0xqD5lfglFSBkSXEogBfu7bw=

मिति २०८३ असार ७ गते साँझ करिब ८ बजेतिर परेको चट्याङका कारण बारपाक सुलिकोट गाउँपालिका–८ स्थित गैरीछाप लिफ्टिङ खानेपानी आयोजनामा जडान गरिएको विद्युत् ट्रान्सफर्मर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

घटनामा कुनै मानवीय क्षति नभए पनि ट्रान्सफर्मरमा क्षति पुगेपछि खानेपानी आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ।

उक्त स्थानमा खानेपानीको वैकल्पिक व्यवस्था नभएकाले गैरीछाप, लामागाउँ, साउने र खनायोचौरका करिब ८४ घरधुरी खानेपानीको अभावमा परेका छन्।

गैरीछाप लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तथा समाजसेवी बेद बहादुर गुरुङका अनुसार चट्याङका कारण ट्रान्सफर्मर ध्वस्त हुँदा स्थानीयवासीलाई दैनिक उपभोगका लागि समेत पानीको समस्या भएको छ। उहाँले ट्रान्सफर्मरको शीघ्र मर्मत तथा पुनः सञ्चालनका लागि स्थानीय सरकार तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक पहल गरिदिन आग्रह गर्नुभएको छ।

उहाँले खानेपानी जस्तो अत्यावश्यक सेवामा आएको समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version