Home मनोरञ्जन गोर्खाली गायक तथा मोडल रायन बस्यालको नयाँ प्रस्तुति ” मदन झैँ मुनालाई”...

गोर्खाली गायक तथा मोडल रायन बस्यालको नयाँ प्रस्तुति ” मदन झैँ मुनालाई” शुक्रबार देखि बजारमा

0

गोरखा अजिरकोटका पछिल्लो समयमा गित सङ्गीत मार्फत लाखौँ दर्शक श्रोता को मन जित्न सफल गायक तथा मोडल रायन बस्यालको गित मदन झै मुनालाई शुक्रबार बाट आउने भएको छ ।गितमा रायन बस्यालको साथमा सन्जना गुरुङ को अभिनय सुस्मा लोहनी प्रताप दास को स्वरमा रहेको छ।

लामो समय सम्म साङ्गितिक क्षेत्रमा आफुलाई सक्रिय राखेकी सुमधुर स्वरकी धनी गायिका सुस्मा लोहनीले पिपल छायामा जस्ता हिट गित दिएको धेरै समय पछि आफ्नै प्रस्तुतिमा “मदन झै मुनालाई” ल्याउन लागेकी हुन ।

यस गितमा लय शब्द रायन बस्याल कै छ भने स्वर प्रताप दास र सुस्मा लोहनी को छ भने अभिनयमा रायन बस्याल र सन्जना गुरुङ्ग लाई देख्न सकिन्छ। गितको भिडियो रायन बस्याल आफैले निर्देशन गरेका छन। विगतमा आएका रायन बस्यालको गितहरु घाम पानिको छाता,गोरखाको भच्चेक लगायत सबै गितले दर्शक श्रोताको मन जितेको थियो ।

रायन स्वयम सङ्गै चर्चित गायक प्रताप दास र चर्चित मोडल सन्जना गुरुङ यस गितको मुख्य आकर्षण हुन भने सुस्मा लोहनीले दर्शक श्रोतालाई पुन मनोरन्जन दिदैँ साङ्गितिक क्षेत्रमा पुनरागमन गराएकि छिन्।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version