Home Uncategorized कृष्णभीरमा भोलिदेखि दुईतर्फी सवारी सञ्चालन

कृष्णभीरमा भोलिदेखि दुईतर्फी सवारी सञ्चालन

0

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा भोलि बिहीबारदेखि दुईतर्फी सवारीसाधन सञ्चालन हुने भएको छ।

त्रिशूली नदीमा आएको बाढीका कारण १४ भदौमा सडकको भित्ता कटान भई पहिरो गएपछि अवरुद्ध बनेको सडकमा पहिरो गएको स्थानभन्दा केही माथिबाट २ सय ७० मिटर नयाँ ट्र्याक खोली ग्राभेल गरिएको सडक विभागले जनाएको छ।

नयाँ सडकमा परीक्षणस्वरूप आइतबारदेखि ग्यास बुलेट तथा पहिरोका कारण रोकिएका ट्रक सञ्चालन हुँदै आएका थिए। भोलिदेखि भने सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन हुने बताइएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version