Home Uncategorized आज सम्म अध्यन नभएको शास्त्र ‘जीवन शास्त्र’को प्रोमो सार्वजनिक

आज सम्म अध्यन नभएको शास्त्र ‘जीवन शास्त्र’को प्रोमो सार्वजनिक

0

मानिसको जीवन बाल्यकालदेखि नै अनेकौँ सुख दुःख, अभाव, पीडा, संघर्ष र सफलताका कथाले भरिएको हुन्छ। यही जीवनका विविध भोगाइ, संघर्ष र संघर्ष पछिको सफलतालाई समेटेर तयार गरिएको विशेष कार्यक्रम ‘जीवन शास्त्र’ को प्रोमो यही असोज ५ गते सार्वजनिक भएको छ।

कतारमा विभिन्न कार्यक्षेत्रमा रहेर आफ्नो भविष्य निर्माण गरिरहेका नेपालीहरूको बाल्यकालदेखि प्रवाससम्मको यात्रा, जीवनमा आइपरेका उतारचढाव, दुःख, पीडा, संघर्ष र त्यसपछि प्राप्त सफलताको कथा ‘जीवन शास्त्र’मार्फत प्रस्तुत गरिएको छ।

कतारको सनैयास्थित प्लाजा मलमा रहेको सिलौटो रेस्टुरेन्टमा छायांकन गरिएको उक्त कार्यक्रमको सम्पूर्ण उत्पादन तथा व्यवस्थापनको काम पूरा भइसकेको कार्यक्रम निर्देशक राजु गुरूङ्गले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रमको प्रोमो २०८३ साल असोज ५ गते अर्थात् २१ सेप्टेम्बर २०२६, नेपाली समयअनुसार बेलुकी ६ बजे सार्वजनिक भएको छ।

कार्यक्रमको व्यवस्थापन प्रदीप चापागाईं र निर्देशक राजु गुरूङ्गले गर्नुभएको हो भने ‘जीवन शास्त्र’को प्रस्तोताको भूमिकामा प्रस्तोता ‘युगपुरुष’ रहनुभएको छ।

‘जीवन शास्त्र’ले कतारमा रहेका नेपालीहरूको बाहिरी जीवन मात्र नभई उनीहरूले भित्रभित्रै बोकेका पीडा, संघर्ष, सपना, आशा र सफलताका कथालाई दर्शकमाझ ल्याउने प्रयास गरेको आयोजकको भनाइ छ।
प्रवासमा रहेका हरेक नेपालीको जीवनमा कुनै न कुनै कथा हुन्छ भन्ने भावलाई कार्यक्रमले केन्द्रमा राखेको छ।

यसैबीच, ‘जीवन शास्त्र’ पछि नेपालमा गएर `आमासँग ९ महिना’ नामक अर्को कार्यक्रम पनि छिट्टै दर्शकमाझ ल्याउने तयारी भइरहेको कार्यक्रम निर्देशक राजु गुरूङ्गले जानकारी दिनुभयो।

कार्यक्रम ‘जीवन शास्त्र’ आफ्नै युट्युब च्यानललगायत टिकटक, इन्स्टाग्राम र फेसबुक पेजहरूमा हरेक हप्ताको शुक्रबार साँझ ६ बजे प्रसारण हुने जानकारी पनि निर्देशक राजु गुरूङ्गले दिनुभयो।

प्रवासमा रहेका नेपालीका वास्तविक जीवनकथा, भोगाइ र संघर्षलाई आवाज दिने उद्देश्यले तयार गरिएको ‘जीवन शास्त्र’ले दर्शकलाई मनोरञ्जनसँगै जीवनका विभिन्न पाटासँग जोड्ने अपेक्षा गरिएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version