Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

टी-२० विश्वकप छनोट : नेपालको समूह ‘बी’ मा कुवेत र जापान

आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ।

नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको हो ।

समूह १ मा युएई, मलेसिया र कतार छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्।

प्रत्येक समूहबाट शीर्ष २ टोली सुपर सिक्स चरणमा पुग्नेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

यो छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म चल्नेछ। कुल ९ टोली सहभागी प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ।

यस प्रतियोगितामा रहेका नेपालसहित ओमान, युएई र पपुवा न्यूगिनीले यसअघि पनि टी–२० विश्वकप खेलिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
NewsLens Gorkha Live Tabs
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.