Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

चुमनुब्रीको ल्हो गाउँमा आगलागी हुँदा ६ घर जलेर पूर्ण नष्ट

३१ साउन २०८२, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं २ स्थित ल्हो गाउँमा गएराती भिषण आगलागी भएको छ । आगलागीबाट ६ वटा घर जलेर नष्ट भएको स्थानिय छेवाङ ग्याल्जेन लामाले जानकारी दिए ।

गएसाती १०ः४५ बजे अचानक आगो देखिएको रआगोले ५ जनाको ६ वटा घर जलेर नष्ट भएको पनि उनले जानकारी दिए ।

आगलागीबाट घर, अन्नपात, लत्ताकपडाका साथै नगद र गरगहना समेत जलेर नष्ट भएको र कुनै पनि मानविय क्षति नभएको वडाध्यक्ष मिग्यूर दोर्जे लामाले जानकारी दिए ।

उनका अनुसार सन्डुक लामाको २ वटा घर र तेन्जेन लामा, ओर्केन लामा, टाँसी लामा र छेवाङ रिजुङ लामाको १–१ वटा घर जलेको हो ।

आगलागीबाट १ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
NewsLens Gorkha Live Tabs
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.