३ भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले आगामी १ असोजदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवारी धनीहरूलाई अनुरोध गरेको छ ।
विभागले मंगलबार एक सूचना जारी गर्दै १ असोजदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने व्यवस्था गरेको छ ।
सबै सवारी धनीहरूलाई सम्बन्धित यातायात कार्यालयमा गएर हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले अनुरोध गरेको छ ।
गत २० साउनमा बसेको विषयगत समितिको बैठकले १ असोजदेखि सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको थियो ।
हेर्नुस् सुचना

प्रतिक्रिया दिनुहोस
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0