Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

काठमाडौंबाट गोरखा आउँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते

भदौ १७ गोरखा : गोरखामा रात्रि बस दुर्घटना भएको छ। काठमाडौंबाट गोरखा आउँदै गरेको रात्री बस भीमसेन थापा गाउँपालिका-३ मा बिहान ०५:३० बजे दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

गोरखा दरौदी यातायात सेवा प्रालिको बागमती प्रदेश ०१-००६ ख ४१३१ नम्बरको बस दुर्घटना भएको हो। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी आरुघाट स्थित आधारभुत अस्पतालमा उपचारका लागि पठाएका छन् । गम्भीर घाईते भएका ४ जनालाई थप उपचारको लागि काठमाण्डौै रिफर गरिएको छ ।

सडकबाट करिव ४ मिटर तल रुखमा अड्किँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको बसमा सवार यात्रुले जनाएका छन् ।

हेर्नुहोस् घाईतेहरुको विवरणः-

प्रतिक्रिया दिनुहोस
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
NewsLens Gorkha Live Tabs
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.