Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

गोरखाको ठाँटिपोखरीमा रक्तदान कार्यक्रम सम्पन्न

२१ भदौ गोरखा । नेपाल रेडक्रस सोसाइटीको ६३ औ स्थापना दिवसको शुभअवसरमा भदौ १९ गते बिहिवारको दिन गण्डकी प्रदेश समन्वय परिषद कतार, गोरखा सेवा समाज कतार र नेपाल रेडक्रस सोसाइटी पालुङटार उप-शाखाको संयुक्त आयोजनामा साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, गोरखाको साथै नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र, चितवनको प्राविधिक सहयोगमा पालुङटार नगरपालिका वाड नं – ५, ठाटी पोखरी समीचौतारा, गोरखामा रक्तदान – जीवनदान भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै वृहत-रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ६७ जना रक्तदाताहरुले आफ्नो स्वेच्छाले रक्तदान गरेका छन् ।

कार्यक्रमलाई सफल बनाउनको निम्ति गोरखा सेवा समाज कतार सङ्ग समन्वय गरि नेपाल रेडक्रस सोसाइटी जिल्ला उप-शाखा पालुङटारका सभापति श्री कृष्ण प्रसाद सोडारी साथै आवश्यक किट्स तथा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, गोरखा र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र, चितवनले सहयोग गरेका थिए ।

त्यसै गरि कार्यक्रमको लागि कतारबाट नेपालमा समन्वय गरि गोरखा सेवा समाजका संस्थाका संरक्षक श्री रामजी खत्री र सल्लाहकार श्री बिमल न्यौपानेले समन्वय गरेका थिए । कार्यक्रम सम्पन्न पश्चात् सम्पूर्ण रक्तदाता लगायत कार्यक्रमलाई सफल बनाउन लागि पर्ने टिम लाई गोरखा सेवा समाज कतारले धन्यबाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
1
0
0
0
0
0
0
NewsLens Gorkha Live Tabs
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.