संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा मारिएका नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ । उनी भीमसेन थापा गाउँपालिका वडा नं ७ हुन्।
त्यहाँस्थित नेपाली दूतावासका अनुसार २९ वर्षे श्रेष्ठ अस्ति इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि भएको इरानी प्रत्याक्रमणमा मारिएका हुन् । उक्त घटनामा पाकिस्तान र बंगलादेशका पनि एक एकजना मारिएका छन् ।
अबुधाबीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत श्रेष्ठको निधन भएको दूतावासले जनाएको छ । परिस्थिति सहज भएपछि श्रेष्ठको पार्थिव शरीर स्वदेश फिर्ता गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वका अधिकांश मुलुकले हवाइ क्षेत्र बन्द गरेकाले अधिकांश उडान ठप्प छ ।

Post Views: 95
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0