Homeराजनीतिरास्वपा गण्डकी प्रदेश सदस्यमा गोरखाका मनोज गुरुङ निर्विरोध निर्वाचित

रास्वपा गण्डकी प्रदेश सदस्यमा गोरखाका मनोज गुरुङ निर्विरोध निर्वाचित

गाेरखा

गोरखाको भीमसेन थापा गाउँपालिका–१ का मनोज गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

रास्वपाको प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचन प्रक्रियामा गुरुङको उम्मेदवारीविरुद्ध अन्य कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

पार्टी संगठनलाई सुदृढ बनाउँदै जनतासँग प्रत्यक्ष जोडिने अभियानमा सक्रिय गुरुङलाई प्रदेश नेतृत्वमा निर्विरोध चयन गरिएको हो ।गोरखाको स्थानीय तहबाट राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका गुरुङले रास्वपाको नीति, विचार र संगठन विस्तारमा योगदान पुर्‍याउँदै आएका छन् ।

उनले पार्टीलाई जनमुखी, पारदर्शी र जवाफदेही बनाउने अभियानमा आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।गण्डकी प्रदेश सदस्यमा निर्वाचित भएपछि गुरुङले गोरखासहित प्रदेशभर पार्टी संगठन विस्तार, युवाको सहभागिता वृद्धि र जनताका सवाललाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

भीमसेन थापा गाउँपालिकाबाट प्रदेश तहको जिम्मेवारीमा पुगेका गुरुङको निर्विरोध चयनलाई स्थानीय नेता तथा कार्यकर्ताले गौरवको विषयका रूपमा लिएका छन् । उनको निर्वाचितसँगै गोरखाको प्रतिनिधित्व प्रदेश संगठनमा थप बलियो बनेको छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة