Homeगोरखाका समाचारअबुवा सेरा सडकमा मिनीट्रक दुर्घटना हुँदा एक गम्भीर घाइते

अबुवा सेरा सडकमा मिनीट्रक दुर्घटना हुँदा एक गम्भीर घाइते

अबुवा सेरा सडकमा मिनीट्रक दुर्घटना हुँदा एक ब्यक्ति गम्भीर घाइते भएका छन् ।

मंगलबार राती ८:४० बजेकाे समयमा गोरखा नगरपालिका वडा नं. १३ कर्मासिं गाउँ स्थित (अबुवा सेरा सडक खण्ड) मा ग १ क २५३७ नं को पानि बोक्ने मिनि ट्रक दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जानकारी दिएकाे छ । फर्काउने क्रममा उक्त ट्रक सडक देखि ५०० मिटर तल दरौँदी नदीमा खसेको प्रहरीले जनाएको दुर्घटनामा परी शहिद लखन गाउँपालिका वडा नं. १ लुदिखोला बस्ने २१ वर्षका कुशल वि.क घाइते भएका छन् ।

उनलाई उद्वार गरी उपचारको लागी तनहुँकाे आबुखैरेनी अस्पताल पठाइएको छ । बिककाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
1
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة