Homeगोरखाका समाचारप्रदेश अस्पताल गोरखाको सुचना

प्रदेश अस्पताल गोरखाको सुचना

गोरखा जिल्लास्थित प्रदेश अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि आफ्नो सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ। २०८३ साल बैशाख १८ गते शुक्रबारका दिन बुद्ध जयन्ति तथा अन्तर्राष्ट्रिय मजदुर दिवस को अवसरमा देशभर सार्वजनिक बिदा भए पनि अस्पतालको बहिरङ्ग (OPD) सेवा खुल्ला रहने अस्पताल प्रशासनले जनाएको हो।

अस्पतालद्वारा जारी सूचनाअनुसार, उक्त दिन ओ.पी.डी. टिकट वितरण बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म गरिनेछ भने दिउँसो १:०० बजेसम्म बिरामीलाई सेवा प्रदान गरिनेछ। यसका साथै, आकस्मिक (इमर्जेन्सी) सेवा र अन्तरंग (इन्डोर) सेवा भने २४ सै घण्टा नियमित रूपमा सञ्चालनमा रहने जनाइएको छ।सार्वजनिक बिदाका कारण स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको अस्पतालले स्पष्ट पारेको छ। बिरामी तथा सेवाग्राहीलाई समयमै उपस्थित भई सेवा लिन पनि अनुरोध गरिएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة