Homeगण्डकी प्रदेशनेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादी गोरखा, अखिल (क्रान्तिकारी) गोरखामा समाहित

नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादी गोरखा, अखिल (क्रान्तिकारी) गोरखामा समाहित

२७ साउन २०८२, गोरखा ।

नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादी गोरखा, अखिल (क्रान्तिकारी) गोरखामा समाहित भएको छ।

अखिल समाजवादीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला अध्यक्ष भीषण थापाको नेतृत्वमा गरिएको उक्त समाहितको टोलीमा उपाध्यक्ष अभिषेक विक, सह–सचिव बिप्रिता दुलाल, केन्द्रीय प्रतिनिधि सदस्य तथा कोषाध्यक्ष दिनेशा ढकाल, केन्द्रीय प्रतिनिधि सदस्य अनिषा राना मगर रहेका छन्।

यस्तै, आज खड्का, आक्खिन कुमार, शुभम् राना, मानिस गुरुङ, उमेश विक, उत्तम गुरुङ, सुवास गुरुङ, आशिष विक, वसन्त रत्नले सहित सिङ्गो जिल्ला समिति नै अखिल (क्रान्तिकारी)मा प्रवेश गरेको अखिल (क्रान्तिकारी) गोरखा जिल्ला अध्यक्ष सुलभ अँगाईले जानकारी दिए।

नवप्रवेशीहरूलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज अमर तमुले खादा लगाएर स्वागत गरेका थिए।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة