Homeखेलकुदगोरखामा जिल्लास्तरीय यु–१४ अन्तर विद्यालय फुटबल आगामी मंसिर २१ देखि

गोरखामा जिल्लास्तरीय यु–१४ अन्तर विद्यालय फुटबल आगामी मंसिर २१ देखि

न्युज लेन्स संवाददाता

मंसिर १७ गोरखा ।

गोरखा जिल्लामा यु–१४ अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ।

गोरखा जिल्ला फुटबल संघ (एन्फा)को आयोजनामा मंसिर २१ गतेदेखि २६ गतेसम्म गोरखा नगरपालिका–६, हरमटारीस्थित खेलकुद मैदानमा प्रतियोगिता सञ्चालन हुने जानकारी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

प्रतियोगितालाई जिल्लास्तरीय यु–१४ छनोटको रूपमा लिइएको संघका अध्यक्ष बिशाल गुरुङले बताए। उनका अनुसार प्रतियोगिताको विजेता टिमले प्रदेश स्तरीय खेलमा गोरखाको प्रतिनिधित्व गर्नेछ।

यस वर्ष छात्र र छात्रा दुवैतर्फ गरी १२ विद्यालय सहभागी हुनेछन्। छात्रतर्फ शक्ति मा.वि, राष्ट्रिय मा.वि, महेन्द्र ज्योति मा.वि, सरस्वती मा.वि, लक्ष्मी सामुदायिक मा.वि, ओल्ड क्यापिटल मा.वि, जेनियस बोर्डिङ स्कुल र सेन्ट जोसेफ स्कुल प्रतिस्पर्धामा रहनेछन्। छात्रातर्फ लक्ष्मी सामुदायिक मा.वि, ओल्ड क्यापिटल मा.वि, शक्ति मा.वि र जेनियस बोर्डिङ स्कुल सहभागी हुनेछन्।

संघका अनुसार खेलहरू लिगकम नकआउट विधिमा खेलाइनेछ। टाईसिटसमेत तयारी भइसकेको बताउँदै अध्यक्ष गुरुङले सबै विद्यालयले एक–अर्कासँग प्रतिस्पर्धा गर्ने जानकारी दिए।

छात्रतर्फ विजेता टिमले २० हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। छात्रातर्फ विजेता टिमलाई १५ हजार तथा उपविजेतालाई ७ हजार ५ सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुन जाने छात्र तथा छात्रा दुवै टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)बाट खेल तयारी खर्च स्वरूप २५/२५ हजार रुपैयाँ उपलब्ध गराइने संघले जनाएको छ। साथै उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगितामा सहभागी खेलाडी २०६८ पौष १७ गतेपछि जन्मेका हुनुपर्ने आयोजकले स्पष्ट पारेको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة