राजु लामा/ कतार । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, कतारले तामाङ भाषा, लिपि, धर्म, संस्कार, र संस्कृतिको संरक्षण गरौँ, विश्व भरि छरिएर रहेको तामाङ एकजुट हौँ भन्ने मुल नारालाई आत्मसात गर्दै, इतिहासिक चौथो अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम भोलि २८ नोभेम्बर २०२५ तारिख शुक्रबारको दिन कतारको सनैया प्लाजा मलमा रहेको वेलफेयर रेस्टुरेन्ट को सभाहलमा बिहान १० बजे बाट गर्ने भएको छ ।
नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, कतारले विगतमा गरेको कार्य प्रगति विवरण प्रस्तुतिकरण , सहयोगीहरुलाई सम्मान तथा कदरपत्र वितरण , विशेष ब्याक्तित्वबाट शुभकामना आदानप्रदान , विविध सांस्कृतिक कार्यक्रममा तामाङ मौलिक परम्परागत प्रस्तुतिहरू गरिने , आत्मीय भेटघाट तथा सामूहिक भोजन को पनि ब्यबस्था रहेको छ
भने बन्द सत्रमा नयाँ कार्यसमितिको चयन गर्ने भएको छ ।
नेपाल तामाङ घेदुङ्ले आयोजना गरेको भाग्यशाली चिट्ठा पनि भोलिको कार्यक्रममा खोल्ने भएको छ ।
उक्त कार्यक्रम मा सहभागिताको लागि कतारमा हुनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरूमा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, कतारले हार्दिक आग्रह गरेको छ ।
