Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

सिउरेनीटार-ज्यामिरेघाट सडक कालोपत्रे यसै हप्ताबाट सुरु गर्ने सहमति

२३ मँसिर, गोरखा । महत्वपूर्ण सडक खण्डको रुपमा रहेका त्रिशुली, मर्स्याङ्दी र दरौँदी करिडोर खण्डको सिउरेनीटार ज्यामिरेघाट खण्ड यसैहप्ताबाट कालोपत्रे तयारी सुरु गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखामा मंसिर २२ गते गण्डकी गाउँपालिकाबाट गएको जनप्रतिनिधि टोली, सुरक्षा प्रमुखहरु, निर्माण व्यावसायी, पुर्वाधार कार्यालयका प्रमुख तथा इन्जिनियर, सञ्चारकर्मीहरुको रोहवरमा सडक निर्माण कार्य तत्काल सुचारु गर्ने निर्णय भएको गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताउनुभयो ।

कूल लागत अनुमान ४३ करोड ६७ लाख रहेको सिउरेनीटार- घ्याल्चोकटार- फिसलिङ- बुटार- राइनास- करनटार-नामजुङटार- रबरउद्योग सडक आयोजना अन्तर्गतको सिउरेनीटार ज्यामिरेघाट सम्मको १० किलोमिटर सडक खण्ड  अस्फाल्ट कालोपत्रेका लागि सिद्धान्त कुशेश्वर सि.एल. जेभि. काठमाण्डौले २०८१।०३।१६ गते सम्झौता गरी केही काम गरेर कालोपत्रे गर्ने काममा ढिलासुस्ती गर्दै आएको थियो । कम्पनीले २७ करोड ९७ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
२०८३ असोज १० गतेसम्म सक्नुपर्ने उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत र वित्तिय प्रगति ४० प्रतिशत रहेको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताउनुभयो ।

निर्माण व्यावसायीका प्रतिनिधि लाल बहादुर घिसिङ र पञ्चलाल तामाङले यस अघि  आफूहरुलाई केही फाइनान्सिएल समस्याका कारण निर्माण प्रक्रिया अघि बढाउन समस्या भएकोले अवका दिनमा कुनैपनि समस्या नआउने गरी द्रुत गतिमा काम गर्ने र वर्षात हुनु अघि निर्माणका काम सक्ने प्रतिबद्धता गर्नुभयो ।

गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले योजना सुरु गरे लगतै ्पहिलो अनुगमन २८ गते गर्ने बताउनभुयो । जिल्लाको विकास निर्माणमा  ढिलासुस्ती नहुने गरी सहजिकरण गरिरहेकाले निर्माण व्यावसायीहरुले सोही अनुसार सम्झौता मिति सकिनु अगावै कार्य सम्पन्न गर्न लाग्नुपर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी सहितको सरोकारवाला पक्षको बैठकमा गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना, जिल्ला समन्वय समिति गोरखाका प्रवक्ता शिव रेग्मी ,वडा नम्बर ८ का वडा अध्यक्ष कोकिल पुलामी मगर, वडा नम्बर ७ का वडा अध्यक्ष तुलसी रेग्मी लगायतका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
ताजा समाचार
धेरै हेरिएको
ट्रेन्डिङ
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.