राजु लामा/कतार संवाददाता
गोरखा सेवा समाज कतारले आफ्नो स्थापना दिवस हिजो डिसेम्बर १८ बिहिबार कतारको सनैयामा रहेको फुलबारि रेस्टुरेन्टको सभाहलमा विविध साँस्कृतिक कार्यक्रम गरेर मनाएको छ।

कार्यक्रममा गोरखा अनि गोर्खाली सङ्ग सम्बन्धित साथै गोरखा जिल्लाको भौगोलिक ,साँस्कृतिक ,धार्मिक र पर्यटकिय स्थल र त्यहाँ पाईने जडिबुटि हरूको बारेमा उल्लेख गरिएको भिडियो प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा समाजका संस्थापक सदस्य बुधबल गुरुङले समाजको स्थापना देखि हाल सम्मको अवस्थाको अनुभवलाई स्मरण गरेका थिए भने डिसेम्बर १२ तारीक २००३ का दिनमा केही साथीहरू मिलेर दोहाको अलफ्रदान नजिककै पार्कमा जम्मा भइ ‘गोरखा प्रवासी संघ’नामकरण गर्दै समाजको स्थापना गरिएको बताए ।

कार्यक्रममा अतिथि कलाकारको रूपमा नेपालबाट आमन्त्रित सारेगमा लिल च्याम्प सिजन–१ का फाइनलिस्ट गायक अरुण सुनारले वारी जमुना पारी जमुना बाट प्रस्तुति दिए भने कतारमा रहेका गायक संगीत बिसी र पुकार थापा साथै गायिकाहरू रेश्मी सेन्चुरी, तारा बिसी र गुना मगरले आफ्ना गायन मार्फत दर्शकलाई छमछमी नचाए।

त्यस्तै सम्झना गुरुङ, र सानुमाया गुरुङले युगल नृत्य साथै सरिता बान्तवा राई, सृष्टि लामा, प्रिया लामा, सानुमाया र सलिना सीं ठकुरीले एकल आकर्षक नृत्य गरेर कार्यक्रम लाई अझ आकर्षित बनाए।



गोरखा सेवा समाजका अध्यक्ष विकास श्रेष्ठको सभाध्यक्षता तथा ग्लोबल गोरखा समाज उपाध्यक्ष श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कतारमा स्थापित दर्जनौं संघसंस्थाका प्रमुख, प्रतिनिधि, सामाजिक, व्यवसायी तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति सहित शुभकामना मन्तव्य राख्नुका साथै समाजका महासचिव रुद्र भट्ट र सचिव पवन गुरुङले मिलेर कार्यक्रमलाई सहजीकरण गरेको थिए।

कार्यक्रममा सांगीतिक प्रस्तुति दिने सम्पूर्ण कलाकारहरूलाई पारिश्रमिकसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । समाजको २३ औं वार्षिकोत्सवको अवसरमा सञ्चालित भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा समेत सार्वजनिक गरिएको थियो। उक्त भाग्यशालि चिट्ठा कार्यक्रमको नतिजा अनुसार पहिलो पुरस्कार ल्यापटप चिट्ठा नम्बर १६३९ ले जितेका थिए ,दोस्रो पुरस्कार ४२ इन्चको स्मार्ट टिभी चिट्ठा नम्बर २९७२ ले जित्दा तेस्रो पुरस्कार स्मार्टफोन चिट्ठा नम्बर २२८२ ले जितेका छन् भने सान्त्वना पुरस्कार अन्तर्गत १५ वटा स्मार्ट घडी चिट्ठा नम्बरहरू क्रमशः १५७०, ११८४, १२६३, २०७५, १५८७, १०७५, १८७०, १६४९, १८९४, १५६४, २७६३, २८६३, २२६४, २६१२ र १४२८ ले जितेका छन् ।
