अहिले चलिरहेको द भ्वाईस अफ नेपाल सिजन ७ मा टिम राजु लामाबाट गोरखाका आयुष दर्नाल नकआउट चरणमा प्रवेश गरेका छन् । गोरखा नगरपालिका -६ स्थायी घर भएका बुवा दिपक दर्नाल र आमा सुनिता दर्नालको छोरा आयुस दर्नाल सानै उमेर देखि संगितमा रुचि राख्ने र ८ बर्ष को उमेरबाट नै गितार बजाउने गर्दथे ।
सानै देखि सङ्गितमा रुचि भएका कारण १४ वर्षको उमेर देखि गोरखामा हुने प्राय कार्यक्रमहरूमा सहभागिता लिने गर्थे ।
उनले गोरखाको मोर्डन सेकेन्डरि ईङ्गलिस बोर्डिङबाट एस.एल.सि. प्रथम श्रेणीमा पास गरि ओल्ड क्यापिटल कलेज बाट १२ पास गरेर थप अध्यनको लागि द्रब्यशाह बहुमुखि क्यापसमा अध्यन गरिरहेका छन् भने सङ्गितलाई पनि मिहिनेतका साथ अगाडि बढाई रहेका छन् ।

अहिले उनी टिम राजुबाट अघिल्लो राउन्डका लागि छनोट भईसकेका छन् । उनले ब्याट्ल राउण्डमा रूसान्त बिसुङ्खेलाई पछि पार्दै नकआउट चरणमा प्रबेश गरेका हुन् ।
