Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

आँबुखैरेनी गोरखा सडकमा गरिएको काम मापदण्ड विपरित

१७ पुस, गोरखा । सडक विभाग तनहुँले ठेक्का लगाएको आँवुखैरेनी गोरखा सडकको नाला तथा वाल सुधार ठेक्का मापदण्ड विपरित निर्माण गरेको पाइएको छ । गोरखा नगरपालिका वडा नम्बर ९ पिपलबोट नजिकै सडकको कुनापटि निर्माण भइरहेको सँरचना मापदण्ड विपरीत रहेको हो । भ्याट बाहेक कुल एक  करोड ६९ लाख ९३ हजार ४३३ रुपैयाँ लागत हरेको उक्त ठेक्का एस एण्ड एस कम्पनीले गरिरहेको छ ।  यसको ठेकदार सुरेन्द्र बस्नेत हुन् । अघिल्लो आर्थिक वर्षमा नै सक्नुपर्ने काम म्याद थप भई यस आर्थिक वर्ष भित्र सक्ने गरी काम भइरहेको निर्माण कम्पनीका प्रोपाइटर बस्नेतले जानकारी दिनुभयो ।

ठेक्काको मुख्य काम तारजालि भने, पिसिसी गर्ने, पलम कँक्रिट गर्ने रहेको छ । ठेक्कामा निर्धारण भए अनुसार पिसीसी ५१६.८ घनमिटर पलम कँक्रिट गर्नुपर्नेमा सो काम नगरेको पाइएको छ । निर्माण कम्पनी र सडक विभागका कर्मचारीहरुको सँयुक्त मिलिमतोमा कसरी धेरै नाफा निकाल्ने भन्ने विषयले स्थान पाउँदा मूल सडकको काम स्तरहिन हुन पुगेको हो ।

इन्जिनियरीङ मापदण्ड अनुसार १५/४० को मेसिनले मिक्सिङगरेको कँक्रिट ६० प्रतिशत र बोल्डर ढुँगा ४० प्रतिशत गरी निर्माण गरिन्छ । तर यस कार्यमा इन्जिनियरीङ  मापदण्ड विपरीत प्रयोग भएका ढुङ्गाहरु ( १५ देखि ४० सेमी गाेलाइसम्म )  र कँक्रिट १५ देखि २० प्रतिशत मात्र प्रयोग गरी पर्खालको भित्र सुख्खा ढुङ्गा ८० देखि ८५ प्रतिशत सम्म प्रयोग भएको छ । यसले राज्यको सम्पती दुरुपयोग गर्ने र धन आर्जन गर्ने क्रममा व्यावसायी र सडक विभागका कर्मचारी सँयुक्त रुपमा लागि परेको देखिएको छ ।

काम गर्दै गर्दाकाे दृश्य

अनुगमुन गर्ने निकाय नहुँदा मूल सडकमा जोखिमपूर्ण विकास भईरहेको छ । सम्बन्धित पक्षले ध्यान नदिँदा बनेका सँरचनाले केही समय भित्रै भवितव्य ल्याउने हुनाले विकास निर्माणको अुनगमन गर्ने हिँडेकाहरुले बनेका सँरचनाको राम्रोसँग मूल्याङ्कन गरी पुनः निर्मण प्रक्रियामा अघि बढ्न यससँग विज्ञहरुले सुझाव दिएका छन् । मापदण्ड विपरित काम भइरहँदा गोरखाका निर्माण व्यावसायीहरुले समेत थाहा नपाएको जस्तो गर्ने गरेका छन् । यस बारेमा दिनहुँ त्यही बाटो भएर हिँड्ने जिल्ला समन्वय समितिका प्रमुख लगायत अनुगमनको जिम्मा पाएका सरोकारवाला निकायहरु समेत मौन रहेको पाइएको छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
ताजा समाचार
धेरै हेरिएको
ट्रेन्डिङ
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.