Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

गोर्खाली गायक रायनको (गोरखाको भच्चेक) गितले फेरि चर्चा पाउन थाल्यो

गोरखा जिल्ला अजिरकोट गाँउपालिका स्थायि घर भएका रायन बस्यालले केही समय अगाडि गोरखाको भच्चेक गित बजारमा ल्याएका थिए।गितमा गोरखा घुम्न जाउ है स्वर्गै पुगे झै हुने भनेर रायनले गोरखा घुम्न आउन हुन सबैमा गित बाटै आग्रह गरेको थियो।साथै गोरखाको अजिरकोट गाँउपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल झ्याल्ला भुमे भागेमा सबै कुरा सहि हुने भनेर भनिएको छ।

उक्त गितको सानो अंश लालिगुँरास फुल्यो अजिरकोटको डाँडैमा अहिले सामाजिक सन्जाल टिकटकमा पछिल्लो समयमा दर्शकश्रोताले अत्याधिक मन पराएको छ।अहिले फागुन अन्तिम भए सङ्गै लालिगुराँस वन जङ्गल भरि रातै हुने गरि फुले सङ्गै उक्त गितको टुक्कामा टिकटक बनाउने दर्शक श्रोताहरू बढ्दै गएको छ।गोरखाको भच्चेक गित रायन बस्यालको आफ्नै युटुब च्यानलमा राखेका छन्।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
ताजा समाचार
धेरै हेरिएको
ट्रेन्डिङ
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.