Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

गोरखामा कर्पोरेट र डिजिटल मार्केटिङ तालिम सम्पन्न

असार १, गोरखा । गोरखा नगरपालिकाको सहयोगमा नेपाल युवा संस्था सञ्जाल (आयोन) ले कर्पोरेट र डिजिटल मार्केटिङसम्बन्धी तीन दिने तालिम सम्पन्न गरेको छ।

गोरखा सदरमुकामको होटल सत्यममा आयोजित तालिममा ३० भन्दा बढी नगरपालिका भित्र व्यवसाय गरिरहेका युवाहरुको सहभागिता रहेको थियो । तालिममा व्यवसाय सञ्चालन, बजार रणनीति, सामाजिक सञ्जाल र एआईको प्रयोगबारे जानकारी दिइएको थियो ।


गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख कृष्णबहादुर राना मगर र प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले मन्तव्य दिएका थिए।

कार्यक्रममा दोर्ण पराजुली र आरके ढुंगानाले सहजीकरण गरेका थिए भने समापन आयोनकी अध्यक्ष सुजाता बरालले गर्नु भएको तालिमका प्रशिक्षार्थी बिकास बाबू परियारले जानकारी दिए ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
2
1
0
0
0
0
0
ताजा समाचार
धेरै हेरिएको
ट्रेन्डिङ
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.