Homeगोरखाका समाचारसिरानचोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

सिरानचोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

जेठ २९, गोरखा । सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटाले आफूमाथि अनावश्यक आरोप लागिरहे पनि आफू सधैं जनताको सहजताका लागि काम गरिरहेको बताएकी छन्। गाउँपालिकाले आज वडा नं ५ स्थित लालीगुराँस महिला समुह भवनको सभाहलमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले न्यायिक समिति संयोजकका हैसियतले आफूले देखेका कमीकमजोरी उठाउँदा असहयोग गरेको आरोप लगाइने गुनासो गरिन् ।

“जनप्रतिनिधिले जनतालाई सजिलो कसरी हुन्छ भन्ने सोचेर काम गर्नुपर्छ, म पनि त्यहीअनुसार काम गर्दै आइरहेकी छु,” देवकोटाले भनिन्। उनले थपिन्, “अनुगमन समितिको संयोजक उपाध्यक्ष नै हुन्छ भन्ने संविधानमै उल्लेख छ, तर अनुगमन गर्दा देखेका कमीकमजोरी उठाउँदा उपाध्यक्षले असहयोग गर्‍यो भन्ने हल्ला फैलाइन्छ। अहिले त सिरानचोकमा उपाध्यक्ष मात्र बेठिक र अरू सबै ठीक भन्ने भ्रामक प्रचार भइरहेको छ।”

गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको भनाइ : स्रोत र पूर्वाधारको अभावले समस्या भएको छ

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले संविधानले अधिकार दिएपनि व्यावहारिक कार्यान्वयनमा समस्या रहेको बताए । उनले भवन अभाव र सीमित स्रोतका कारण धेरै योजना पूरा हुन नसकेको जनाए ।

स्थानीयको गुनासो : योजना अधुरा, कार्यक्रम औपचारिकता मात्र

सार्वजनिक सुनुवाइमा सहभागीहरूले पालिकाको योजनाहरू पूरा नभएको र कार्यक्रमहरू औपचारिकता पूरा गर्न मात्र आयोजना गरिएको आरोप लगाए।
पूर्व शिक्षक रुद्रप्रसाद पोखरेल, विष्णु पोखरेल, मनोज ढकाल, सुरज गुरुङलगायतले पालिकाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।

कर्मचारीले प्रगति प्रतिवेदन सार्वजनिक गरे

कार्यक्रममा पालिकाका कर्मचारीहरूले विभागगत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सहभागीहरूले पालिकाले स्रोत अभाव, प्राविधिक कठिनाइ र सुस्त कार्यशैलीका कारण जनअपेक्षा अनुसार सेवा दिन नसकेको गुनासो गरे।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة