काठमाडौं, ३ असार २०८२ । नेपाल सरकारको गृह मन्त्रालयले मंगलबार २० प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा तथा पदस्थापन गरेको छ। गृहमन्त्री स्तरीय निर्णयअनुसार भएको यो सरुवामा १५ सहसचिव र ५ उपसचिव रहेका छन्। मन्त्रालयले स्थानीय प्रशासनमा सुशासन, शान्ति-सुरक्षा र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न यो निर्णय लिएको जनाएको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेललाई बैतडी सरुवा गरिएको छ भने गोरखामा सहसचिव रामुराज कडरियालाई नयाँ प्रजिअको जिम्मेवारी दिइएको छ। मन्त्रालयको परिपत्रअनुसार, सरुवा भएका प्रजिअहरूलाई तत्काल आफ्नो कार्यक्षेत्रमा खटिन निर्देशन दिइएको छ।


