काठमाडौँ, १० असार २०८२ । डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती ले मञ्जुश्री फाइनान्ससँगको सहकार्यमा ‘स्मार्ट डिपोजिट’ नामक वालेट-आधारित आवधिक बचत सेवा सुरु गरेको छ। यो नेपालमै पहिलो पटक डिजिटल वालेटबाट नियमित बचत गर्ने सुविधा हो।
अब खल्ती प्रयोगकर्ताले न्यूनतम १०० रुपैयाँबाट दैनिक, साप्ताहिक वा मासिक बचत चक्रमा बचत सुरु गर्न सक्नेछन्। यो योजना ६ महिनादेखि ६० महिनासम्मका लागि उपलब्ध छ।
बचतमा लाग्ने ब्याज दर मञ्जुश्री फाइनान्सको आवधिक निक्षेप (Recurring Deposit) अनुसार हुनेछ। बैंकिङ पहुँचबाहिर रहेका जनतालाई बचतमा जोड्न यो सेवा प्रभावकारी हुने विश्वास खल्तीले व्यक्त गरेको छ।
Post Views: 257
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0